रेडियो कसरि बजेको होला ? केटाकेटी छदा निकै उत्सुकता लाग्थेयो | आफ्ना बाल सखाहरु त रेडियो भित्र मान्छे हुन्छ तेही मान्छे बोल्छ भन्थे | हो न हो विश्वास गरियो | कसैले रेडियो भित्र साना साना मान्छे हुन्छन भन्थे | ओहो रेडियो भित्र पनि अट्ने कस्ता मान्छे होलान ? जान्न मन लग्यो घर मा बुबा ले इंडिया बाट ल्याएको फिलिप्स कंपनिको रेडियो थियो | तेस्लाई रेडियो पछाडी बाट भित्र नियाल्ने प्रयास गरे | तर मैले रेडियो भित्र मान्छे देखिन् |रेडियो भित त साना साना चारपाटे पुर्जाहरु पो रैछन | ति पुर्जा सारै राम्रा हेरिरहु जस्तो | रेडियो को ब्याट्री निकालेर हल्लाई हल्लाई हेरे | रेडियो त निकै सुनियो | तर रेडियो प्रसारण कसरि हुन्छ ? यो जिज्ञासा मेटाउने भने कोहि पनि भएनन् | एक पटक स्कुलमा सामाजिक बिषय पड्दा संचार मा एफ एम भन्ने सब्द आयो | अनि सर लाई सोध्दा एफ एम भनेको एक रेडियो नेपाल जस्तै रेडियो हो भन्ने थाहा पाइयो | पाल्पा जिल्ला को मदनपोखरामा एफ रेडियो छ भन्ने पनि जानकारी पाईयो |
पछि पछि एफ रेडियो हरु खुल्दै गए | पहिलो पटक पाल्पाको श्रीनगर एफ एम अवलोकन गर्ने अवसर पनि पाईयो | तेती बेला एफ प्रसारण समन्धी धेरै जानकारी भयो | रेडियो समन्धी रुचिकै कारण १५ दिने पत्रकारिता तालिम पनि लिए | तेती नै रेडियो मुक्तिनाथ पाल्पा खुल्न लागेको हुदा फम पनि भरियो | फम भरि सके पछी मोहन्कंया उच्च मावि पाल्पा मा जम्मा १०० नम्बरको परिक्षा दिए | | एस एल सी को परिक्षा दिए झैँ निकै थिए तेहा परिक्षा दिने | पास हुँला र रेडियो मा कार्यक्रम चलाउला भन्ने त सोचेकै थिएन | मैले रेडियो स्टेशन संचालन गंर्ने कसैलाई पनि मैले चिनेको थिएन | रेडियो मा नाम निकाल्न मान्छे चिन्न पर्छ भन्थे साथीहरु | .............. पछी नाम निस्किएछ अनि कार्यक्रम चलाउने अवसर पाइयो रेडियो मुक्तिनाथमा | मैले सुरु मा जम्मा ५ मिनेट को उदघोसन गरेको थिए | पछि पछि धेरै कार्यक्रम पनि संचालन गरे | तेही नै रेडियो प्राबिधिक सिकेर तेही नै कम पनि सुरु गरे |अहिले रेडियो कै यात्रा मा रेडियो जागरण बुटवल मा प्राबिधिक प्रमुख को रुपमा कार्यरत छु |
रेडियो को बारेमा मैले बुझेका के हि जानकारी हरु हेर्नुहोस अर्को पोस्ट मा
रेडियो को बारेमा मैले बुझेका के हि जानकारी हरु हेर्नुहोस अर्को पोस्ट मा
No comments:
Post a Comment