रेडियो एक आकाशीय तरङ्ग हो | अब कुरा गरौ एफ. एम .र एम .एम . को | सामान्य रेडियो मा दुइ वटा बेण्ड हुन्छ | पुराना रेडियो को पछाडी अवस्य हेर्नु भएको होला | तेस्मा एफ एम अनि ए .एम . लेखेको हुन्छ |
१ ए .एम .(am ) AMLITUDE MODULATION
-यस अन्तर्गत sw(short wave),mw(medieam wave),lw(long wave ) पर्दछ |
२ एफ .एम .(fm) FREQUENCY MODULATION
एफ एम को मेगाहर्ज ८८ देखि १०८ सम्म हुन्छ | अपबाद्को को रुपमा कुनै कुनै देशमा यो भन्दा फरक मेगाहर्ज मा एफ एम प्रसारण भएको छ तर नेपाल मा भने यही नै लागु छ |
एफ रेडियो प्रसारण मा प्रभाब पर्ने कुराहरु
एफ रेडियो प्रसारण मा प्रभाब पर्ने कुराहरु
एफ एम रेडियो स्टेशन बाट प्रसारण भएका आवाज रेडियो सम्म कुन गुणस्तर सम्म पुग्छ | एस बारे पनि केहि चर्चा गरौ | एफ स्टेशन बाट राम्रो आवाज प्रसारण भएर पनि एफ एम रिसिवर सेट सम्म सबै राम्रै आवाज नपुग्न सक्छ | अर्को कुरा सबै रेडियो बाट बराबर गुणस्तर को आवाज पनि न आएको हुनसक्छ | एफ एम ८८- १०८ मेगाहर्ज सम्म हुन्छ भन्ने कुरा त थाहानै छ तपाइलाई | अब अनुमान गरौ त ८८ मेगाहर्ज को कुनै एउटा रेडियो र १०८ मेगाहर्ज को कुनै रेडियो मा कुन राम्रो सुनिन्छ होला ?......पक्कै पनि १०८ नै धेरै राम्रो र टाढा सम्म सुनिन पर्ने ! तर तेस्तो हुदैन रेडियो को मेगाहर्ज जति भएपनि प्रसारण मा केहि फरक पर्दैन........ ति कारण हरु के के होलान त ? मैले जानेका कुराहरु भनि हालौ है त |
१ मेगाहर्ज -
अब अनुमान गरौ त ८८ मेगाहर्ज को कुनै एउटा रेडियो र १०८ मेगाहर्ज को कुनै रेडियो मा कुन राम्रो सुनिन्छ होला ?......पक्कै पनि १०८ नै धेरै राम्रो र टाढा सम्म सुनिन पर्ने ! तर तेस्तो हुदैन रेडियो को मेगाहर्ज जति भएपनि प्रसारण मा केहि फरक पर्दैन..तर धेरै रेडियो स्टेशन हरु एकै ठाउमा छन भने मेगाहर्जले केहि प्रभाब गर्न सक्छ |
२ वाट -
वाट भनेको रेडियो को ट्रांस्मीटर को क्षमता हो | नेपालमा प्राय रेडियो ५०० वाट क्षमताका छन |१०० ,५००, १०००, २००० वाट क रेडियो हरु पनि छन !एसले रेडियो प्रसारण मा निकै भूमिका खेल्छ !१०० वाटको रेडियो भन्दा ५०० र ५०० भन्दा १००० वाटको रेडियो को प्रसारण क्षमता राम्रो हुन्छ !तर १०० वाटको रेडियो ले भन्दा ५०० वाटको रेडियोले ५ गुना बढी तथा टिप्ने ,एस्तो भने हुदैन !जस्तै ६० वाटको रेडियो र १०० वाटको बिजुली को चिम मा कुन बढी उज्यालो हुन्छ ?पक्कै १०० वाटको हुन्छ ! तर के ६० वाटको चिम्ले भन्दा १०० वाटको चिम्ले दोब्बर उज्यालो हुन्छ र ? हुदैन ! अलि बढी उज्यालो हुने त हो !हो येस्तई प्रकारको को फरक पनि रेडियो को वाट मा हुन्छ
